रञ्जन यादव/
बारा जिल्लाको जङ्गलमा झुन्डिएर सडेगलेको अवस्थामा मानव कङ्काल फेला परेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको सडेगलेको कङ्काल फेला परेको हो ।
रुखको हाँगामा नाइलनको डोरी बाँधी पासो लगाई सडेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
शवको पाइन्टको पछाडिको गोजीमा कलेजो रङ्गको पर्स र पर्समा सुदिर कुमार लामा लेखिएको भूतपूर्व सैनिक सुरक्षा गार्डको परिचय रहेकोको प्रहरीले जनाएको छ ।
हालसम्म शवको पहिचान हुन नसकेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









