संदिप प्रसाद यादव/
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बिद्यालयको १२ कोठे भवनको शुक्रवार उद्घाटन गरेका छन् ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई प्राबिधिक नमुना बिद्यालयमा पठन पाठन गर्नका लागी एक कार्यक्रमबीच नगरप्रमुख यादवले उद्घाटन गरे हुन ।
संघीय सरकारले नमूना बिद्यालय बनाउन महागढीमाई नगरपालिकाको सहकार्यमा निर्मित भवनको लागत १ करोड ५० लाख रुपैया रहेको थियोे । सो अवसरमा बोल्दै शिक्षाद्घारा समाजमा ठूलो परिवर्तन ल्याउन सकिने र शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुनु नदिनु अहिलेको आवश्यकता रहेको नगरप्रमुख यादवले बताएका छन ।
उनले आधुनिक शिक्षा पद्धतिलाई सञ्चालन गरि महागढ्ढीमाई नगरपालिकाका स्थानिय बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागी नगरपालिकाले आवश्यक परे जस्तोसुकै सहयोग गर्न पछि नपर्ने र शिक्षा क्षेत्र बिकासका लागी सधैं समर्पित र एककदम अगाडि रहने प्रतिबद्धता व्यक्त गरेका छन ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिप प्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका का शिक्षा प्रमुख राम विश्वास चौरसिया,गढीमाई प्राबिधिक नमुना बिद्यालयका प्रधानाध्यापक मनोज कुमार गोढ,जिन्सी शाखाका प्रमुख उमेद कुमार यादव सहित अभिभावक एवम् शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।