अरुको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने सात जना पक्राउ

गढिमाइ खबर
81 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

करण कुमार मिश्र/
अरुको बैंक खाताबाट लाखौं रुपैया अनाधिकृत रुपमा निकाल्ने सात जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार उनीहरुलाई विभिन्न ठाँउबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत जेठ ५ गते रौतहटको चन्द्रनिगाहपुरस्थित माछापुच्छे बैंकको शाखामा रहेको वृन्दावन नगरपालिका ३ का पुर्ववडा अध्यक्ष रामेश्वर राय यादवको खाताबाट ९ लाख रुपैया गायब भएको थियो ।

यादवको पैसा गायब भएपछि वृन्दावनका सयौं व्यक्ति बैंकमा हु हल्ला मच्चाएका थिए । आफ्नै पैसा बैंक खाता बाट गायव हुदा त्यतिबेला उनिहरुको बैंक प्रति बिश्वास घटेको थियो तर आखिर पैसा कहाँ गयो भन्ने चासोको विषय थियो पछी जेठ ५, ६ र ७ गते तीन लाखको दरले गरी ९ लाख रुपैया विभिन्न खातामा ट्रान्सफर भएको अनुसन्धानबाट खुलेको छ।

यादवको खाताबाट रकम ट्रान्सफर गरी एटिएमको प्रयोगले रकम झिकिएको अनुसन्धानबाट देखिन आएको रौतहट प्रहरीले जनाएको छ । घटनामा संलग्न ११ जनामध्ये सात जनालाई विभिन्न स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिइएको र रौतहट जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका १६ का २१ वर्षीय राजनारायण चौरसिया, वडा नम्बर १९ का २१ वर्षीय महम्मद मुस्तुफा हवारी,दोलखा जिल्लाको बैदेश्वर गाउँपालिका ५ का २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ९ का १९ वर्षीय महेश थापा, उदपुर जिल्लाको रौउतामाई गाउँपालिका २ का २० वर्षीय केवल रास्ताकोटी तथा सिराहा जिल्लाको मिर्चैया नगरपालिका ८ का १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ का २३ वर्षीय श्रवण दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

साझा गर्नुहोस्