राम मण्डल/
नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा बिजय चौहान निर्वाचित भएका छ ।
सोमवार भएको दशौ जिल्ला अधिवेशनको लागि भएको निर्वाचनमा चौहान २३ मत प्राप्त गरी निर्वाचित भएको थियो भन्ने उनका प्रतिद्धन्दी लालकिशोर सिंह १८ मत प्राप्त गरेका थिए । कुल मतदाता ५० जना रहेकोमा ४१ मत खासेका थियो ।
त्यसैगरी खुल्ला उपाध्यक्षमा क्रान्ति साह,समावेसी उपाध्यक्षमा अलि असगर देवान,सचिवमा ईरफान अलि,सहसचिवमा आरजु देवकोटा,कोषाध्यक्षमा कपिलदेव यादव र सदस्यहरुमा संजय कुमार,राकेश प्रसाद चौरसिया,जंगबहादुर पटेल,ओमप्रकाश चौधरी,हुकुमसिंह राजपुत र नुर आलम निर्विरोध निर्वाचित भएको छ ।
१२ सदस्यि जिल्ला कार्यसमिति माध्ये ११ जना निर्विरोध निर्वाचित भएको थियो भन्ने अध्यक्षको लागि निर्वाचन भएको प्रमुख निर्वाचन अधिकृत रामाशिष प्रसाद यादवले जानकारी दिए ।