राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा बाराको परवानीपुरमा बृक्षारोपण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब
बारा १४ असार

राष्ट्रिय बृक्षारोपण दिवस २०७९ को अवसरमा बाराको परवानीपुर स्थित भोजभगत माध्यमिक बिद्यालयको प्राङ्गनमा बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय बाराको आयोजना र गढीमाई साझेदारी बन पथलैयाको सहकार्यमा बृक्षारोपण गरिएको हो । डिभिजन बन कार्यालय बाराका बन अधिकृत बिनोद सिँहले मानिसको अस्तित्व बचाईराख्न बृक्षारोपण गरेर आफनो वरिपरिको बाताबारण हराभारा बनाउँनुको बिकल्प नरहेको बताउँनुभएको छ ।

प्राकृतिक स्रोत साधनहरुको चरम दोहनले बाताबरणमा अतिबृष्टि र आनाबृष्टिको समस्या देखिएका बताउँनुभयो । बाताबरणमा समस्या आउँदा हरेक जीवको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन सक्ने भएकाले आफनो वरिपरिको खालि तथा सार्बजनिक जग्गाहरुमा बृक्षारोपण गर्नुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नुभयो ।त्यस्तै गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले बोटबिरुवालाई मानिसको आवश्यक्ता भन्दा मानिसलाई बोटबिरुवाको आवश्यक्ता पर्ने गरेको बताउँनुभयो ।

 

कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कतिपय मानिसले अकालमै ज्यान गुमाउँनु परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष साहले बनजङ्गल जोगाईएन् भने भाबि सन्ततीहरु अक्सिजनको अभावमा पिठिउँमै अक्सिजनको सिलिन्डर लिएर हिड्ने दिन आउँन सक्ने सङ्केत गर्नुभयो ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेलले परवानीपुर गाउँपालिकालाई क्लिन एण्ड ग्रिन सिटीको अवधारणाको साथ बिकास गर्न लागेको बताउँनुभयो । जसको फलस्वरुप त्यसकोलागि छुटै बजेट छुट्याएको जानकारी दिनुभयो ।भोजभगत माध्यमिक बिद्यालयको प्राङ्गनमा जनप्रतिनिधि बनकर्मी , समाजसेवी ,शिक्षक र बिद्यार्थीहरुले मिलेर बृक्षारोपण गरेका थिए ।बृक्षारोपण कार्यक्रमका संयोजक रामपाल यादब, युवा नेता मोबिन आलम ,समाजसेवी सोचन यादब ,एकोफनका प्रदेश प्रतिनिधि संगिता ठाकुर ,सहायक बन अधिकृत अनिल कुमार साह , ललन राउत कुर्मी लगायतको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *