गोपाल सेवा समितिद्धारा उपेन्द्र यादवलाई सम्मान

गढिमाइ खबर
193 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

सन्दिप यादव/
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवलाई गोपाल सेवा समितिद्धारा सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

बारा क्षेत्र न.२ को नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवलाई सम्मान तथा बधाई एक कार्यक्रमबिच शनिबार सम्पन्न भएको हो ।

हालै सम्पन्न भएको उपनिर्वाचन बाराको क्षेत्र नम्बर–२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सत्ता साझेदार पाँच दलिय गठबन्धनका उमेदवार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष यादव विजयी भएका थिए ।

यादवले २८ हजार ४१४ मत प्राप्त गरी विजयी भएका थिए भने उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका थिए । यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन ।

यादव आफ्नो मन्तव्य राख्दै बारा–२ का सम्पुर्ण मतदाताहरुलाई हृदय देखि नै धन्यवाद दिदै सधै जनताको हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् । शिक्षा , स्वास्थ्य , रोजगार , कृषि र पुर्वाधारका क्षेत्रमा बिकास गर्ने बताएका छन् । मेरो परिश्रम, समय र वुद्धि–विवेकले भ्याएसम्म यहाँको विकास निर्माणतर्फ नै ध्यान रहन्छ ।

ऐतिहासिक र संस्कृतिक रुपले देशकै अग्रीम स्थानमा रहेको गढीमाई मन्दिरको बिकास गरेर जिल्लालाई आर्थिक रुपले बलियो बनाउने यादवले दाबी गरे । गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उपेन्द्र यादव रहनु भएका थिए ।

उक्त कार्यक्रमको पुर्व जिल्ला बिकास समितिका सभापति प्रयाग राय यादव , छठु यादव, बाराको क्षेत्र न.३ का पुर्व सांसद एवम् जसपा पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादव ,पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह, पुर्व मधेस प्रदेशका राज्यमन्त्री उषा यादव ,रोशन यादव , जसपा पार्टीका केन्द्रीय सदस्य रामकिशोर यादव,धुर्व यादव, कलैया उपमहानगरपालिका वार्ड न. ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर , गठबन्धनका नेता तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा समितिका अध्यक्ष जंगवहादुर यादव,उपाध्याय रामधारी यादव लगायत समिति सदस्यहरुले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन गोपाल सेवा समितिका सचिव शुकदेव यादवले गरेका थिए ।

साझा गर्नुहोस्