महिलाहरुको लागि आयोजित खोजमूलक तीनदिने पत्रकारिता तालिम सम्पन्न

गढीमाईखवर डट कम
249 पाठक संख्या

पत्रकारिता क्षेत्रमा महिलाको सङ्ख्या बृद्धि गर्ने उदेश्यले बाराको कलैयामा आयोजित तीनदिने खोजमूलक पत्रकारिता सम्बन्धी तालिमको समापन भएको छ । साझेदारी राष्ट्रिय दैनिकको आयोजना र प्रेस युनियन नेपाल बाराको सहकार्यमा तीन दिने खोजमुलक पत्रकारिता तालिमको समापन भएको साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक श्यामबाबु यादबले जानकारी दिनुभयो ।

बाराबाट प्रकाशित साझेदारी राष्ट्रिय दैनिक पत्रिकाको ८औ बार्षिकोत्सवको अबसरमा बाराको कलैयामा शुक्रबारबाट उक्त पत्रकारिता सम्बन्धी तालिमको शुरु गरेको थियो । तालिममा बाराका बिभिन्न भागबाट ५५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई राजनितीक बिश्लेष्क तथा लेखक डा.शोभाकर पराजुली ,अग्रज पत्रकार गुरु प्रसाद गौतम ,सुजित अर्याल लगायतले प्रशिक्षण दिनुभएको थियो । प्रेस युनियनका अध्यक्ष समेत रहेका यादबले मधेश प्रदेशका हरेक जिल्लामा पत्रकारिता क्षेत्रमा महिलाको सङ्ख्या न्युन रहेकोले यस्तो तालिमको आयोजना गरेको बताएका छन ।

गृह लगायत अन्य संघ संस्थाहरुले आफनो बार्षिकोत्सवमा वा आफनो समाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई नै तोकेर तालिमको आयोजना गर्ने हो भने मधेशको पत्रकारिता क्षेत्रमा महिलाको सङ्ख्या बृद्धि हुन् सक्ने बिश्वास ब्यक्त गरे ।

तीनदिने तालिममा महिलाहरुलाई समाचार लेख्ने प्रशिक्षण दिनुको साथै अभ्यास पनि गराईएको साझेदारी दैनिकले जनाएको छ ।

साझा गर्नुहोस्