ठाकुरराम क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

राम मण्डल/

वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ। मतदाता नामावलीमा देखिएको त्रुटी छानबिन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचनको नयाँ मिति तोकिएको हो ।

सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानवीन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन कार्यतालिक संसोधन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा त्रुटी भएपछि विद्यार्थीहरुले छानवीनको माग गरेका थिए ।

तीन दिन भित्र त्रुटी बारे छानवीन गरेर प्रतिवेदन बुझाउन रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । विद्यार्थी संगठनहरुबाट छानविनमा असहयोग भएको भन्दै उहाँले आईतवार नै राजिनामा दिनुभएको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *