मोटरसाईकल दुर्घटनामा परि तीनको मृत्यु

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 353
पढ्न लाग्ने समय : 3 मि.

अन्जली गुप्ता/
बारा र पर्सामा भएका छुटाछुटै मोटरसाईकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

बाराको दुई छुट्टा छुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शुक्रवार साँझ कलैया उपमहानगरपालिका वडा नम्बर १४ हनुमान मन्दिर स्थित बघवनबाट कलैयातर्फ आउदै गरेको ना २ प ९७०५ नं. सोही ठेगाना वस्ने वर्ष २५ को सागर चौधरीले चलाई आएको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोल बस्ने इसाहाक मियाको छोरा अन्दाजी बर्ष ३५ को रहिम अंसारीलाई ठक्कर दिँदा घाइते भएका थिए । घाईते रहिम अंसारीको शनिवार वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र मोरसाइकल जिल्ला प्रहरी कार्यालय बारामा राखिएको बारा प्रहरीले जनाएको छ ।

त्यसैगरीै गत फागुन १५ गते बाराकै सुवर्ण गाउपालिका वडा न. ६ धर्मपुर सडक खण्ड स्थित भारतबाट जोलगावा तर्फ आउदै गरेको विआर ०५ एजी १२८७ नम्बरको भारतीय स्पलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा उक्त मोटरसाईकल चालक भारत बिहार मोतिहारी पुर्वी चम्पारण छौडादानो बस्ने अन्दाजी बर्ष २७ को भैयाराम साह र सोही मोटरसाईकलमा पछाडी सवार ऐ. ऐ. बस्ने अं. बर्ष ३४ को सन्देश साह घाइते भएकोमा घाइते मध्येका थिए ।

घाईते मध्ये मोटरसाईकल चालक भैयाराम साहको पनि शनिवार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाईतेहरुको एल एस न्युरो अस्पताल गण्डकमा उपचार भईरहेको थियो ।

यसैगरी शनिवार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ सिमखरी चोकबाट पोखरियातर्फ जादै गरेको ना ४२ प १७५९ नम्बरको मोटरसाईकल पर्साको पोखरिया नगरपालिकामा दुर्घटना हुदा पछाडि बस्ने पर्सा जगरनाथपुर गाउँपालिका–५ मसिहानी बस्ने ४५ बर्षिय चोकट मुखिया विनको मृत्यु भएको हो ।

वीरगञ्जबाट पोखरिया जादै गरेको उक्त मोटरसाईकल आफै अनियन्त्रित भएर शुक्रबार राति १० बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि बिन र चालक पोखरिया नगरपालिका–३ फुलवरिया टोल बस्ने ३९ बर्षिय बिश्वजित राउत गिरी घाईते भएका थिए ।

घाईते मध्ये बिनको उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको तथा घाईते भएका गिरीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको तथा घटनाको सम्बन्धमाा थप अनुसनधान भईरहेको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।