सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 258
पढ्न लाग्ने समय : 1 मि.

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभा सर्वाेच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वाेच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ । (रासस)

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।