बारामा ४० किलो गाँजासहित एक जना पक्राउ

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारामा ४० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीले लागू औषध ४० किलो गाँजा सहित शुक्रवार राती एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर ३ बेनौलीका जियालाल पटेल रहेको सशस्त्र प्रहरी ले जनाएको छ । तस्कर समुहले भरियालाई प्रयोग गरेर भारत तर्फ लागु औषध गाँजा लैजान लागेको भन्ने जानकारीको आधारमा गाँजा सहित पटेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

गाँजा सहित पक्राउ परेको पटेललाई थप कारबाही गर्नका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *