गठबन्धनका उम्मेदवार श्रेष्ठविरूद्ध प्रचार गरेको भन्दै कांग्रेस बाराका जिल्लाका उप-सभापति नै निलम्बित

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

कलैया । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा बारा जिल्लाका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् । 

गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिडेको उजुरीको आधारमा निलम्बन गरिएको हो । शनिबार केन्द्रीय अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका किसानविरुद्ध लागेको भन्दै तीन जनालाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताए ।

उनीहरू किसानविरुद्ध लागेको उजुरी पाएपछि काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा (३४) बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरेको हो।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *