आदर्श गाउँपालिका अध्यक्ष मुस्तुफा सहित दर्जन जनप्रतिनिधि एमालेमा प्रवेश

गढीमाईखवर डट कम
45 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

संघीय समाजवादी पार्टीबाट बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्षमा जितेका महम्मद मुस्तुफा अंसारी नेकपा एमालेमा शनिवार प्रवेश गरेका छन् ।

उनी सहित एक दर्जन जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेले शनिवार आदर्श कोतवाल गाउँपालिकाको चिउँटाहाको रामचरित्र माविमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाई प्रवेश गराएका हुन् ।

उनी सहित माओवादी सहित अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् ।

त्यही कार्यक्रममा कलैया नगरपालिकाका एक वडाहध्यक्ष अख्तर अंसारी पनि एमालेमा प्रवेश गरेका हुन् ।

यसरी नेकपा माओवादी आदर्श कोतवाल गाउँपालिका अध्यक्ष राकेश यादव, माओवादी नेता हसनजान अंसारी, नेकपा संयुक्तका केन्द्रीय सदस्य विनोद चौधरी, देवापुर टेटाका तत्कालीन गाविस अध्यक्ष महावीर साह, नेकपा समाजवादीका राजेश पटेल लगायत ५ हजार नेकपा एमालेमा प्रवेश गरेको पार्टी अध्यक्ष विनोद साहले बताए ।

अन्य पार्टीका कतिपय पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् ।

 

साझा गर्नुहोस्