आशा लघुवित्त वित्तिय संस्थाले बाराको आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित चिउटाहाँमा रहेको कार्यालयहरुमा निशुल्क डष्टबिन वितरण गरेको छ ।
संस्थाले स्वच्छ खानेपानीका लागि चिउटाहा बजारमा १ थान खानेपानी पाईप जडान गर्दै सफासुग्घर रहनमा सहयोग पुग्ने उदेश्यले ईलाका प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, श्री रामचन्द्र उच्च माबि, बिपी नेत्र अस्पताल, वडा नम्बर १ को कार्यालय र बजार क्षेत्रमा २ थान डष्टबिन प्रदान गरिएको आशा लघुबित वित्तिय संस्था आर्दश कोतवाल शाखा प्रवन्धक प्रभु कुमार यादवले बताए ।
सो अवसरमा वडा अध्यक्ष सुनिल कुशवाहा, शिक्षक रुपेन्द्र कुशवाहा, स्वास्थ्य शाखाका मुकेश गुप्ता,ईलका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो । आईतवार नै सस्थाका केन्द्रीय अनुगमन अधिकृत चौधरी चरण यादवले शाखा र गर्दै आएको कामको फिल्ड समेतको अनुगमन गरेको थियो ।