सँसदमा आवाज उठाउने नेतालाई जिताउन कर्णको आग्रह

गढीमाईखवर डट कम
165 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज
बाम लोकतान्त्रिक गठबन्धनका पर्सा क्षेत्र नम्बर १ का साझा उम्मेदवार लक्ष्मण लाल कर्णले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।उनले सोमबार वीरगञ्ज महानगरपालिका–१४ पिपराम घरदैलो कार्यक्रम गरेका हुन ।

घरदैलो क्रममा जनताहरुसित उनले सँसदमा गएर आवाज उठाउन सक्ने उम्मेदवारलाई मत दिन आग्रह गरे ।कर्णले धेरै नेताहरु जितेरर गएपनि सँस्दमा नबोल्ने गरेको तर आफुले सधै जनताको पक्षमा सँसदमा आवाज उठाउदै आएकोले आफुलाई साईकल छापमा मत दिई बिजयी गराउन मतदाताहरु सित अनुरोध गरे ।
कर्णले पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन जनताको बिकाश र सँबिधानको रक्षाको लागि बनेको तथा आफु त्यस गठबन्धनबाट उम्मेदवार रहेकोले साईकलमा नै मत दिन अनुरोध पनि गरे ।

साझा गर्नुहोस्