काँग्रेसका पुर्ब प्रदेश सभा सदस्य शर्मा पनि कर्णको लागि मत मागे

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 779
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले बिहीबार सँयुक्त घरदैलो कार्यक्रम गरेका छन ।वीरगञ्ज महानगरपालिका–१६ नगवामा उनले पाँच दलीय गठबन्धनका नेताहरुसँगै घरदैलो कार्यक्रम गरेका हुन ।

पाँच दलमा रहेका काँग्रेसका नेता एवम् मधेस प्रदेशका पुर्ब प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पनि कर्णको लागि घरदैलोमा सहभागी भई मत मागेका छन ।लोसपाका नेता कर्णलाई भारी बहुमतले जिताउन शर्मा उनीसँगै घरदैलो कार्यक्रममा निस्केका हुन ।

घरदैलोको क्रममा मतदाताहरु उत्साहित देखिएका थिए ।देशको बिकाश र सँबिधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धनबाट नै बिकाश र समृद्धि सम्भव भएको उम्मेदवार कर्णले बताएका थिए ।घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका रामनारायण कुर्मी पनि सहभागी भएका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।