निर्वाचन सुरक्षाका लागि बारामा सेना परिचालन हुने : सिडियो कटुवाल

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बारा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि सरकारले सेना खटाउन स्वीकृती दिएसँगै बारामा सेना परिचालन हुने भएको छ ।

संचारकर्मीहरु संग संक्षिप्त्त कुरा गर्दै बारा का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल ले नेपाल प्रहरी , सशस्त्र प्रहरी , म्यादी प्रहरी र नेपाली सेना परिचालन हुने र प्रयाप्त मात्रा मा सुरक्षाकर्मी रहेको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी कटुवालले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रहरुमा ५ मिनेट भित्र सुरक्षाकर्मी परिचालन हुने ब्यवस्था मिलाइएको बताए ।

उनले भने,”हाम्रो मतदान केन्द्रहरुमा ५ मिनेट भित्र प्रहरी पुग्ने गरि तयारी गरेका छौ । मतदान केन्द्रहरुमा कम्तिमा १० जना सुरक्षाकर्मी तैनाथ हुने छन् ।”

बारामा ३०५ वटा मतदानस्थल र ५५५ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेको छ । अस्थायी मतदान केन्द्रमा समानुपातिक को भोट कर्मचारीहरुको लागि ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

सिडियो कटुवालको अनुसार जिल्ला मा १४५ वटा अत्ति संवेदनशिल , १०८ वटा संवेदनशिल र ५२ वटा सामान्य मतदान स्थल तोकिएको र त्यही अनुसार सुरक्षा योजना बनाइएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *