खैरवाका युवाहरुले गाउँघर देखि लिएर छठघाँटसम्म सरसरफाई गरे

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवामा छठीमाई पुजा ब्यवस्थापन परिवारले गाउँघर देखि लिएर छठघाँट सरसरफाई गरी छठघाँट भब्य रुपमा सजाएको छ ।

आईतबार छठीमाई पुजा ब्यवस्थापन परिवारका युवाहरुले छठको महत्व र बिशेषताको बारेमा जानकारी दिने उदेश्यले प्रोजेक्टरले ब्रतालु तथा भक्तजनहरुलाई प्रस्तुती प्रस्तुत गरेका थिए ।

उनीहरुले दन्ड घिच्दै आएका ब्रतालुहरुलाई पुजापछि फ्रुटी र फलफुल प्रदान गरेका थिए ।करिब ४ बर्ष देखि छठीमाईको पुजा गराउँदै आएका युवाहरुले हरेक बर्ष केही न केही नयाँ पुजा गर्नमा सहजता ल्याउँने समानहरु किन्दै आएको छठीमाई पुजा ब्यवस्थापन परिवारका संयोजक मुकेश चौधरीले जानकारी दिए ।

उनले यसपालि छठघाटमा लागेको टेन्टका समानहरु छठीमाई पुजा ब्यवस्थापन परिवारको आफनै सम्पत्ती भएको बताए । जसले गर्दा करिब १ लाख ५० हजार रुपैया देखि २ लाख रुपैया सम्म रकम छठीमाई पुजा ब्यवस्थापन परिवारको बचत भएको बताए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *