बारामा प्रहरीले नक्कली नेपाली रुपैयाको नोट सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल स्थित जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको शुक्रवार साझ .१९ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले निज नुनियाको घरमा कानूनबमोजिम खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको घरबाट नेपाली रु एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वरामद नक्कली नोट र निज महतो नुनियालाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएका छन ।