मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत व्यवस्था गर्न जसपाको माग

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 539
पढ्न लाग्ने समय : 1 मि.

राम मण्डल/
जनता समाजवादी पार्टी(जसपा) नेपाल पर्साले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई राहतप्याकेजको व्यवस्था गर्न माँग गर्दै बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था र्गुपर्ने,किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था हुनुपर्ने, किसानहरुले बैंकवाट लिएको ऋणको व्याज मिनाहा गर्नुपर्ने लगायतका माँगहरु सहित जसपाले ज्ञापनपत्र बुझाएको छ ।

यसैगरि सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था, कृषि विद्युतीकरणको व्यवस्था, कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न समेत माँग गरिएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश यादवसहित जिल्ला प्रशासन कार्यालय पुगेका नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापनपत्र बुझाएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।