नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहबर अन्सारीले पर्सा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमो उम्मेदवारी दर्ता गराएका छन ।
सता गठबन्धनको तर्फबाट उनले प्रदेश सभा सदस्यमा आफनो उम्मेदवारी दर्ता गराएका हुन ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका उनले आम जनता ,युवा बर्ग,पिछडिएको क्षेत्रको समुचित बिकाशको लागि आफुले उम्मेदवारी दिएको बताए ।उनले प्रतिगमनसितको लडाईमा सता गठबन्धनबाट जसपा बाहिर गएर एमालेसित गठबन्धन गर्नु मधेसी जनतासित धोका भएको बताए ।
जसपा आफनो बिचारमा अडिग नभएर सता गठबन्धनबाट बाहिर गएर एमालेसित गठबन्धन गरेर चुनाव लडनुले मधेसी जनता ठगिएको प्रष्ट भएको अन्सारीले बताए ।०७४ सालको निर्बाचनमा पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका अन्सारी केही मतले मात्रै पराजित भएका थिए ।