स्व स्याङ्तान नेपाली काँग्रेसको खंम्बा थिए ‐ सभापति यादव

गढीमाईखवर डट कम
118 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

नेपाली काँग्रेस बाराका सभापति राजेशराय यादवले नेपाली काँग्रेसका एक योद्धा गुमाउनु दुखद भएको बताएका छन ।

नेपाली कांग्रेस निजगढ नगर कार्य समितिका सचिव अम्बिर स्याङ्तानका पिता वडा नम्बरः१० निवासी स्व.बिक्रम स्याङ्तानको २१औ पुन्यतिथिमा आयोजना गरेको श्रादञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले स्याङ्तानको निधनले पार्टीलाई अपुरणिय क्षति भएको बताए ।

बाचुन्जेल्ल सम्म उनले नेपाली काँग्रेस पार्टीलाई उचाईमा पुगाउन र सधै सत्य र निष्टाको राजनितिक गरेको हुदा उनले पहिलयाएको बाटोमा हिडन सके उनी प्रति सच्चा श्रादञ्जली अर्पण हुने सभापति यादवले भने । निधन भएका परिवारजनमा धार्य धारणका लागि कमना समेत सभापति यादवले गरेका थिए ।

नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउनका लागि आफु लागी परेको बताउदै सभापति यादवले सबैलाई सहमति,सहकार्य र एकताको बाटोमा लागी काँग्रेसलाई बजबुत बनाउने दिशामा अग्रसर हुने कुरामा जोड दिए ।

सो अवश्रमा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नमबर ४ ख का सभापति लुकेश सिह,निजगढ नगरपालिकाका निवर्तमान मेयर सुरेश खनाल, नेता तेजनारायण जयसवाल लगायतको नेताहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्