नेपाली काँग्रेस पार्टीका महामन्त्री गगन कुमार थापाले तराई मधेशमा रहेका मधेशवादी पार्टीहरु फेल भईसकेका कुरा बताएका छन ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. १ को आयोजनामा सिम्रौनगढ नगरपालिका वडा नंं. १० देवापुर टेटामा आयोजीत विसाल चुनावी सभालाई सम्वोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले मधेशवादी दलका नेताहरु क्षेपारो जस्तो रंग बदलने काम काज गर्दै आएको आरोप लगाए ।
उनीहरु जहिले पनि साता र शक्तिका लागि कहिले के.पी. ओली कहिले प्रचण्ड त कहिले शेर बहादुर देउवा सँग टाँस्ने गरेको उनको भनाई रहेको थियो ।
घुमाउरो पारामा नेता थापाले साईकलको हावा खुस्किसक्यो छातामा छिद्र भईसकयो अब बार्तामा थापा काम लाग्दैन साईकल गुड्न पनि सक्दैन त्यसैले यो देशमा नेपाली काँग्रेस पार्टीको विकल्प नभएको थापाको भनाई रहेको थियो ।
अब आउने दिनमा तिनै तहको सरकार नेपाली काँग्रेस पार्टीकोे नेतृत्वमा बन्ने निश्चित भईसकेको बताउँदै महामन्त्री थापाले सविधानको कार्यनवयन गर्दै नागरिकता विभेद लगाएत ठूलो संख्यामा रहेको यूवाहरुको बेरोजगारी समस्यालाई समाधान गरी रोजगारीको दिशामा यूवाहरुलाई समाहित गर्न नेपाली काँग्रेस लागिपर्ने उनले बताए ।
शिक्षा स्वास्थ्य, गाँस वास र कपासको व्यवस्था मिलाउँदै बेफिति लाई अन्त गर्दै विधीको शासन कायम गराउँन र भ्रष्टचारमुक्त समाजको परिकल्पना गर्नु नै काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको थापाले बताए । फरक प्रशंगमा नेता थापाले नेकपा एमाले पार्टी र त्यसका अध्यक्ष के.पी. ओली जस्तो फटहै कुरा गरेर झुठो सपना बाँडेर जनातालाई नेपाली काँग्रेसले ठगने काम कहिले नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र १ क्षेत्रिय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका प्रत्यासी नगरप्रमुखका उम्मेदवार विजयशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश नेपाली काँग्रेसका उपसभापति चन्द्रशेखर कुमार यादव प्रदेश सदस्य उपेन्द्र जयसवाल महासमिति सदस्यहरु रामनरेश कान्त, सिकेन्द्र पासवान, रामाकान्त साह, प्रदेश सभा ख का सभापति मोहन कुशवाहा नेताहरु मोहन महतो, जयन्त कुशवाहा, ओमप्रकाश ठाकुर, रामु प्रसाद यादव उपप्रमुखका प्रत्यासी उम्मेदवार रिता कुशवाहा सिम्रोनगढ नगरपालिका वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षका प्रत्यासी उम्मेदवाहरु लगायतकाले चुनावी सभामा सम्वोधन गरेका थिए ।
सो अवसरमा महामन्त्री थापालाई देवापुर टेटाका नेपाली काँग्रेसका भूतपूर्व सभापति जवाहर प्रसाद साहले मायाको चिन्हो सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी पचरौता नगरपालिका वडा नं. १ पिरपाति बजारमा समेत चुनावी सभालाई आजै महामन्त्री थापाले सम्बोधन गरेका थिए । सो अवसरमा संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियार, पचरौता नगरपालिकाका नगरप्रमुखका प्रत्यासी उम्मेदवार मणीभुषण यादव लगाएतका नेताहरु सम्बोधन गरेका थिए ।