बैंकको एटिएम फुटाइ पैसा चोरी गरिरहेको अवस्थामा दुई पक्राउ

गढीमाईखवर डट कम
151 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्जमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फुटाइ पैसा चोरी गरिरहेको अवस्थामा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको बंैंकको एटिएम मेशिन फटाई रहेको अवस्थामा बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २५ बर्षका अजय चौधरी र कलैया उपमहानगरपालिका बस्ने २७ बर्षका राजकपुर चौधरीलाई पक्राउ गरेको हो ।

आइतबार राति पौने १० बजेको समयमा माछापुच्छ्रे बैंकको एटिएम फुटाइ रहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता प्रहलाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई चोरीसम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साझा गर्नुहोस्