कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बाट कुटपिट,लुटपिट मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय रमेशप्रसाद यादव,गणेश प्रसाद यादव र बिसमतिया देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
अस्थाई प्रहरी पोष्ट गांगापुरबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
बारा जिल्ला अदालतले चोरी मुद्दामा उनीहरुलाई जनही रु तीन हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो। उनी सोही बेला देखि फरार रहेका थिए।
प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बारा जिल्ला अदालत कलैयामा दाखिला गरेको छ।