पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको स्वास्थ चौकीको लागि मँगलबार एक थान खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान गरिएको छ ।
स्वास्थ चौकीमा आयोजित एक कार्यक्रममा उपकार सेवा नेपालले र एक थान खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान गरेको हो ।
संस्थाकी बिध्या सरावगी र सुमन बगेडियाले खानेपानी शुद्धीकरण गर्ने मेशिन स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाकी बिद्या सरावगीले आफ्नो संस्थाले सामुदायिक अस्पताल र बिधालयहरुमा आम जनतालाई शुद्ध पिउने पानीको लागि खानेपानी शुद्धीकरण मेशिन तथा पंखा लगायतका सामाग्रीहरु निशुल्क रुपमा वितरण गर्दै आएको बताईन ।
कार्यक्रममा सहभागी लोसपा बीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सराफले स्वास्थ चौकीमा आउने बिरामीलाई शुद्ध खानेपानी सहज तरिकाले प्राप्त होस भनी खानेपानी शुद्धीकरण मेसिन प्रदान गरिएको बताएका थिए ।
स्वास्थ चौकीका जन स्वास्थ निरीक्षक अनिश्कान्त कुश्वाहाले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादव,स्वास्थ चौकीका इन्चार्ज मेवालाल ठाकुर,स्वास्थ चौकी स्वास्थकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।