फत्तेपुरमा आयोजित कार्यक्रममा ३० जनाले गरे रक्तादान

गढिमाइ खबर
93 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिमरा : श्रीकृष्ण प्रणामी युवा परिषद मधेश प्रदेश समिति र जिल्ला कार्य समिति बाराको आयोजनामा शनिबार बाराको फत्तेपुरमा खुल्ला रक्तदान कार्यक्रम संचालन गरेको छ ।

“दुव्र्यसन त्यागौँ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी वीरगंज पर्साको प्राविधिक सहयोग र फत्तेपुर युवा समाजको स्थानीय संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ फत्तेपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा २९ जना पुरुष र एक जना महिला सहित ३० जनाले रक्तदान गरेको युवा परिषद बाराका उपाध्यक्ष अध्यक्ष मोहन सापकोटाले बताएका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष श्यामबावु खाँ ले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा वडाअध्यक्ष खाँ,युवा परिषद् नेपाल मधेश प्रदेश समितिका अध्यक्ष दिलप्रसाद तिमल्सिना,उपाध्यक्ष संकलन तिमल्सिना,स्थानीय नेरामाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रअ,लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

युवा परिषद् बाराका अध्यक्ष मोहन सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन युवा परिषद् नेपाल मधेश प्रदेश समितिका सचिव उमेश सापकोटाले तथा स्वागत मन्तव्य युवा परिषद् बाराका उपाध्यक्ष सन्तोष पाण्डेले स्वागत मन्तव्य राख्नु भएको स्थानीय संयोजनकर्ता सिकेन्द्र सहनीले साझेदारीलाई जानकारी दिएका छन ।

साझा गर्नुहोस्