अहिले कलैया हुदै बाराको कलैया उपमहानगरपालिका अन्तरगत श्रीपुरमा रहेको चिनी मिल्समा नियमित रूपमा उखु आउने गरेको छ ।
उखु ट्याक्टरमा भार भन्दा बढी ओभर लोड गरेको ल्याउने गरेका छन । ओभर लोडका अहिले कलैया–वीरगञ्ज सडक खण्ड र मानमत–मटिअर्वा सडक खण्डमा दुर्घटना जोखिम बढेको छ ।
मानमत–मटिअवा बाराको कलैया उपमहानगर–२ स्थित रहेको हनुमान मन्दिरको नजिक शनिवार ओभर लोड रहेका उखु ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा मानवीय क्षती भएको छैन ।
उखुको ट्याक्टर मुख्य सडकमा पल्टीएपछि सडक नै अवरुद्ध भएको थियो । अवरुद्ध उक्त सडकलाई ब्रह्मपुरी स्थित नेपाली सेनाको सहयोगमा बाटो खुलाईएको हो ।
ट्याक्टरहरुले ओभर लोड गरि ल्याएपनि चेक जाच नभएको हुँदा यस्ता घटनाहरु बढि रहेका हुन् । चेक जाँच गरे पनि ट्राफिक प्रहरीहरुले नजराना लिएर ट्याक्टरलाई छड्ने गरेको एक स्थानीय बासीले बताए ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट कलैयाले महिनवारी खाई उखु ट्याक्टरमा ओभर लोड गर्न छुट दिने पाइएको छ । ट्राफिक प्रहरीको लापरबाहीको कारण बारामा दिनानुदिन दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने बाटोमै नजराना लिई गाडीहरुलाई छोड्ने गरेकोले दुर्घटना हुने गरेको अर्का एक स्थानीयको आरोप छ ।
सदरमुकाम कलैया भरत चौकमा उखु लोड रहेका ट्रयाक्टरमा “सावधान अगाडि उखु लोड सवारी छ“ लेखिएको ब्यानर रातको समयमा टलकने रिफ्लेटिप ब्यानर लगाउनेमा पनि ट्राफिक प्रहरीले कमिसन खाएको भरमा फ्लायक्स बोर्ड पसलहरुले दिने गरेको एक स्रोतले साझेदारीलाई बताएको छ ।
उखु लोड रहेका ट्याक्टरमा त्यो ब्यानर लगाउदा झर्ने तथा च्यातिने भएकोले पट्कै पिछे लगाउने गरेको ट्याक्टर चालकहरुले बताउने गरेका छन् । प्रत्येक उखु लोड रहेका ट्याक्टर चालकहरुसंग एउटा ब्यानरको मुल्य कमै पर्ने तर २ सय रुपैया लिने गरेको ट्याक्टर चालकहरुले आरोप लगाएका छन् ।
बजारमा रहेका व्यापारीहरुले ओभर लोड गरि ल्याएका सवारीसाधनहरु बापत महिनवारी रकम ट्राफिक प्रहरीले उठाउने गरेको एक स्थानीय व्यापारीले बताए ।
कलैया ट्राफिक प्रहरी पोष्टका प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवालका अनुसार कलैया उपमहानगरपालिको वडा एरियामा नियम विपरित सवारी साधन चलाई रहेका चालक समेत सवारी साधनहरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराको परिसर भित्र भेला जम्मा गरी सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिई ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको बताएका छ ।
उनका अनुसार नियम विपरीतका सवारी साधनलाई दैनिक २०÷२५ वटा गाडीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा जरिवाना गरी छाडिएको बताए । उखु लोड रहेका चालकहरुसंग टलकने रिफ्लेटिप ब्यानर लगाउनेमा पैसा नभएको बेला आफू सहयोग गरेको नायब निरिक्षक सिलवालको भनाई छ ।
सवारीसाधन चलाउने ब्यक्तिहरुले ट्राफिक नियमको पालना नगरेको तथा शिक्षाको कमि भएको उनले जनाए । कारवाही गर्दा वा कारवाही नगर्दा पनि सुख छैन सिलवालले दुखेसो गरे । उखु लोड रहेका ट्याक्टरलाई रोकि चालकहरुसंग ट्राफिक प्रहरीले पैसा लिएको आरोप गलत रहेको तथा लिएको पाईएमा तुरुन्त कारवाही गर्ने नायब निरिक्षक सिलवालले दाबी गरेका छन।