बालीनाली क्षतिको प्रजिअ कटुवालको नेतृत्व टोलीद्धारा निरिक्षण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

सिकेन्द्र पासवान/
बाराको आर्दश कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरियामा जंगली जनावरबाट बालीनालीको क्षतिको बारेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वको टोलीले स्थलगत निरिक्षण गरेका छन ।

निलगाई, सुगुर, हाती लगायतको जंगली जानवरले बालीनालीमा ब्याप्क क्षति भएको भने जनगुनासा आएपछि स्थलगत निरिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले भने ।

सयौ बिगहा भन्दा बढीमा लगाएको किसानहरुको बिभिन्न वालीनालीमा क्षेति पुगाएको स्थानीय राकेश कुसवाहाले बताए । सो जानवरहरुलाई धपाउनका लागि समान्य रुपमा डराउने खालका पडकाहरु पडकाउने, लठी बजार्ने, खेतमा अग्लो सांकेत राख्ने लगायतका कामकाज गर्ने जिल्ला वन कार्यालय बाराका प्रमुख बिनोद सिहले बताए ।

उनले वालीनाली क्षति भएको किसानहरुले निवेदन लिएर जिल्ला बन कार्यालयमा आएपछि यहाँबाट प्रविधिक खटाई क्षतिको यकिन गरेपछि क्षतिपुर्तिका लागि पहल गर्ने प्रमुख सिहले सबैलाई जानकारी गराएका थिए ।

निरिक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सुरक्षा निकायका प्रमुखहरु, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साह, वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुसवाहा, ७ का वडाअध्यक्ष हरिनारायण कुसवाहा, नेताहरु भगवत कुसवाहा, रामाकान्त साह, अरुण कुमार यादव, दिनेश पटेल, राघव प्रसाद यादव नथुनी साह लगायतको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *