कलैया । निर्वाचन विरोधी गतिविधि गर्ने ८ जना पक्राउ परेका छन् ।
कंचनपुरको भीमदत्त नगरपालिका- ४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाल लगायतलाई नियन्त्रणमा लिएको हो ।
बिहान करिब साढे ९ बजे दयाल नेतृत्वको समूहले मतदान स्थल बाहिर पर्चा पम्प्लेट देखाएर चुनावको विरोध जनाएको थियो ।









