माधोपुरमा हनुमान मन्दिरको उद्घाटन

गढिमाइ खबर
162 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

ओम प्रकाश यादव/

रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा हनुमान मन्दिरको स्थापना गरिएको छ ।

नवनिर्मित उक्त निर्माण भएको मन्दिरको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले शनिबार एक कार्यक्रमबिच उद्घाटन गरेका छन ।

माधवनारायण नगरपालिकाको २१ लाख भन्दा बढिको लागतमा माधोपुर मठ स्थित निर्माण भएको मन्दिरको मेयर यादवले पुजापाठ गरि बिधिवत रूपमा उद्घाटन गरेका हुन ।

सो अवसरमा नगर प्रमुख यादवले निर्माण गरिएको बजरङ्गबली हनुमान मन्दिरमा राखिएको मुर्ति अनावरण गर्नुका साथै मन्दिर उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै मेयर यादवले धर्मले हामीलाई अनुशासन सिकाउदै भाइचाराको सम्बन्ध सुदृढ गराउने भएकाले मुलुक भित्र बसोवास गरेका सबै हिन्दु धर्माअवलम्बीहरुलाई समान दृष्टिकोणले हेरिनु पर्ने बताएका छन ।

उनले धर्म,संस्कृतिको उत्थानले समाज रुपान्तरणमा टेवा पुग्ने बताउदै उनले समाजसेवा र सर्वसाधारण नागरिकको पक्षमा आफुले काम गर्ने बताए ।

स्थानीय समाजसेवी नरेन्द्र ठाकुरको पहलकदमिमा अत्याधुनिक डिजाइनमा निर्माण भएको उक्त आकर्षक मन्दिरमा हनुमानको मुर्ति स्थापना गरिएको छ।

जग्गादाता बिश्वनाथ साहको अध्यक्षतामा भएको मन्दिर उदटन कार्यक्रममा वडा अध्यक्ष रामनरेश राय,माधव नारायणका इन्जिनियर नागेन्द्र यादव, जसपा नेपालका जिल्ला अध्यक्ष श्याम विहारी यादव,माओवाद नेता देव नारायण भगत,एमाले नेता उपेन्द्र साह,नेकपा एसका नेता जयमंगल प्रसाद यादव,जसपा नेपालका नेता हरिनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

ट्यागहरू :
साझा गर्नुहोस्