बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 77
पढ्न लाग्ने समय : 1 मि.

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ स्थित पथलैया चोकमा सोमबार दुई जनालाई ५३ तोला चाँदीको गहना सहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा प्र ०२–०२७ प१८५१ नम्बरको स्कूटीलाई रोकि चेक जाँच गर्ने क्रममा उनीहरुलाई चाँदीको गहना सहित पक्राउ गरेको हो ।

एक लाख १३ हजार एक सय ७० रुपैयाँको गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा स्कूटी चालक सुनसरीको धरान नगरपालिका ५ बस्ने ३५ वर्षीय गुजराज विक,यस्तै ईटहरी उपमहानगरपालिका ३ बस्ने २४ वर्षी बद्री विक पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट चाँदीको लकेट २२ थान,औठी ३३ थान, चाँदीको मंगलसुत्र १८ थान,कानको टप २६ थान गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीको गहना प्रहरीले बरामद गरेको जनाएको छ ।

गरगहना समेत दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।