पूर्वमन्त्री सोनलद्वारा १२ विद्यालयलाई १ सय ३१ थान पंखा वितरण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादव/
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले १२ वटा सामुदायिक विद्यालयलाई १ सय ३१ थान पंखा वितरण गरेका छन् ।

बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटिया स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा विहीवार आयोजित एक कार्यक्रमका बिच आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई पंखा प्रदान उपलब्ध गराउँनु भएको हो ।

बारा क्षेत्र नम्बर ४ (ख) का विभिन्न विद्यालयहरुमा पंखा नहुँदा गर्मीका कारण विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको खबर पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका सोनलले पंखा बितरण गर्नुभएको हो ।

यसअघि पनि उहाँले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयहरुमा पंखासहित अन्य आवश्यक सामाग्री प्रदान गरेका थिए ।

सोही योजनाकै निरन्तरता स्वरुप लोसपा फेटा गाउँपालिकाका अध्यक्ष लोहा यादवको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *