सशस्त्र प्रहरीद्धारा ६० किलो लागुऔष गाँजा सहित लामा पक्राउ

गढीमाईखवर डट कम
91 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सशस्त्र प्रहरीले अवैध लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।

शसस्त्र प्रहरीको २ नम्बर बाहिनीबाट खटिएको टोलीले मकवानपुरको राक्सीराङ्ग गाउपालिका वडा नम्बर ६ निवासी २१ वर्षिय प्रेम लामालाई पक्राउ गरेको हो ।

शसस्त्र प्रहरीले बारागढी गाँउपालिका वडा नम्बर ७ सुखी पिपरा वस्ने जोखु चौधरीको घरमा लुकाई ६० किलो लागुऔषध गाँजा सहित लामालाई पक्राउ गरिएको जनाएको छ ।

सशस्त्रले लामाको साथबाट गाँजा सहित ३९ हजार नेपाली रुपैयाँ सहित मोवाईल १ थान, पावनबैँक १ थान, डलर जोर्डन १, श्रीलंकाका १००, सोमालियाण्ड ५००, होङकोङको ५, भारतीय रुपैयाँ २० र मोटरसाईकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिएका छन ।

पक्राउ गरेका लामा र वरामद गाँजा सहित अन्य सरसामानलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको सशस्त्र प्रहरी वल २ नम्बर बाहिनीले जनाएको छ ।

साझा गर्नुहोस्