बारामा पुर्ण अपाङ्ग बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राना पक्राउ 

गढिमाइ खबर
150 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

संदिप प्रसाद यादव/

पछिल्लो सयमय बारामा जबरजस्ती करणीका घटनाहरु भईरहेका छन । फेरी शारिरीक असक्त बालिका बलात्कारको बनेकी छिन ।

बाराको निजगढ नगरपालिका वार्ड नम्बर  १२ रतनपुर निवासी ११ बर्षिय बालिकालाई स्थानीय एक वृद्धले जबरजस्ती करणी गरेका हुन ।

प्रहरीले ती पुर्ण शारिरीक असक्त बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बालाई शुक्रवार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आमा घर बाहिर काम गर्न गएको अवस्थामा अपाङ्ग बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लुम्बालाई खोजतलास गर्ने क्रममा उनको भिनाजुको घरमा लुकीछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घर नजिकै जङ्गलमा बाख्रा गोठालो गएका लुम्बाले घरमा कोहि मान्छे नभएको मौका छोपेर शुक्रवार बालिकामाथी जबरजस्ती करणी गरेका थिए । आमासँगै घरमा बस्दै आएकी बालिका जन्मदेखिनै हिंडन र बोल्न नसक्ने पुर्ण अपाङ्ग रहेकी थिइन् ।

घटनाको सुचना प्राप्त हुना साथ अस्थायी प्रहरी पोस्ट रतनपुर र ईलाका प्रहरी निजगढबाट खटेको टोलीले रगत बगेको अवस्थामा बालिकाको उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारामा लगिएको र थप उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् ।

पक्राउ परेका रानालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता न्यौपानेले बताएका छन् । निजगढ लगायत अन्य स्थानहरुमा पनि यसअघि थुप्रै जबरजस्ती करणीका घटनाहरु भईरहेका छन ।

जबरजस्ती करणी घटनामा पक्राउ परेका अभियुक्तहरु राजनीतिक दबावमा प्रहरी र न्यायलयबाट नै कम सजाय पाउने गरेकाले पनि यस्ता घटनाहरुले बढोत्तरी पाइरहेका छन ।

साझा गर्नुहोस्