जितपुरसिमरा उपमहानगरको नगर प्रमुखमा माओवादी केन्द्रका पौडेल र उपप्रमुखमा एमालेका अधिकारी बिजय

गढीमाईखवर डट कम
90 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब
बारा ०४ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।पौडेल अठार हजार सात सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भएका हुन् । पौडेलले एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतको मतान्तरले पराजित गरे ।

चौधरीले १७ हजार सात सय ७९ मत प्राप्त गरिन् ।यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार अधिकारीले १७ हजार चार सय ९२ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मेघा शाहीले १५ हजार आठ सय ४२ मत प्राप्त गरिन् । अधिकारीले एक हजार ६ सय ५० मतले जित हात पारेका हुन् ।

उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा भागबण्डा गरेको थियो भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो ।बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतपरिणाम आउँदा एमालेले १३, कांग्रेसले पाँच, माओवादीले चार, लोसपाले एक र एकिकृत समाजवादीले एक वडामा जित हात पारेको छ ।

साझा गर्नुहोस्