सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ति वीरगञ्ज तथा कलैयामा मनाइएको छ ।
जयन्तिको अवसरमा बिहीबार विहान झाँकीसहित शान्ति पदयात्रा वीरगञ्जमा निकालिएको थियो ।माईस्थान चोकबाट सुरु भएको शान्ति पदयात्राले वीरगञ्ज महानगरको परिक्रमा गर्दै भिस्वा डाँडामा पुगेर समापन भएको थियो ।
पदयात्रामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत,मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्यको विशेष सहभागिता रहेको थियो ।
यस्तै पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,बौद्ध धर्मावलम्बी लगायत धर्म प्रति आस्था राख्नेहरुको पनि उल्लेखनिय सहभागीता रहेको थियो ।
यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १ अवस्थित श्रीसिरी बौद्ध मन्दिरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ। यस अवसरमा यहाँ विशेष पूजा अर्चना समेत गरिएको थियो ।