रञ्जन यादब
बारा २९ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ रमौलीमा साडि बाड्न लागेको भन्दै एक महिलामाथि दुर्बब्यवहार भएको छ । ।यही जेठ १२ गते हुन लागेको छोराको बिहेकोलागि साडि किनेर जान लागेकी बर्ष ४२ की कलैही देबी सहनीले किनेको साडि खोसेर एमालेका कार्यकर्ताहरुले दुर्बब्यवहार गरेका हुन् ।
एमालेबाट वडा अध्यक्षका प्रत्यसासी शिवशंकर महत्तो लगायतको टोलीले आफुमाथि दुर्बब्यवहार गरेको कलैही देबीले आरोप लगाएकीछिन् ।लोसपाका कार्यकर्ताहरुले साडि बाडेको आरोपमा एमालेका कार्यकर्ताबिच एकछिन झड्प समेत भएको छ । मतदतालाई आफुतिर आकर्षित गर्ने उदेश्यले लोसपाको कार्यकर्ताले साडि बाडेको आरोप एमालेको छ ।डालोमा साडि लुकाई लैजादै गरेको अवस्थामा महिलालाई साडि सहित पक्राउँ गरेको एमालेका कार्यकर्ताहरु बताएका छन् ।
घट्ना सुनेर गएको प्रहरीलाई रोक्न केही ब्यक्तिले साङ्गुरो बाटोमै टाटा सुमो गाडि तेस्राएर रोकेका थिए । ईलाका प्रहरी कार्यालय सिमराले उक्त घट्ना सुन्नेबित्तिकेै त्यहाँ पुग्दा मानिसहरु एक आपसमा झै झगडा गर्न खोजेको तर कुनै किसिमको साडी त्यहाँ फेला नपरेको जनाएको छ । प्रहरीले बाटोमा राखिएको टाटा सुमो नियन्त्रणमा राखि ईलाका प्रहरी कार्यालय जीतपुरमा राखेको छ । दुर्बब्यवहार भोगेकी महिला लोसपाका जिल्ला सदस्य तरुण सहनीको भाउँजु नाता पर्छिन् ।