बारा ४ मा छुटछुट्ै गठबन्धनबाट पुर्वमन्त्री श्रेष्ठ र मियाँको उम्मेदवारी दर्ता

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 844
पढ्न लाग्ने समय : 2 मि.

मंसिर ४ का लागि प्रतिनिधिसभा निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ मा छुटछुट्ै गठबन्धनबाट पुर्वमन्त्री किसान श्रेष्ठ र एकवाल मियाँले उम्मेदवारी दिएका छन ।

आईतवार जीतपुरसिमरा उपमहानगरपालिका जीतपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन ।

बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा एकिकृत समजावादीका तर्फबाट निर्वतमान प्रतिनिधिसभा सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ ४(क) मा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४(ख) मा लोसपाका नेता एवम् प्रदेशसभाका निवर्तमान प्रदेश सांसद् तथा पूर्वमन्त्री जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ् ।

यसैगर क्षेत्र नं. ४ मा नै प्रतिनिधिसभा सदस्यको एमाले जसपा गठबन्धनबाट निवर्तमान सांसद् एवम् पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालिन राजपाबाट बारा क्षेत्र नं. ४ मा निर्वाचित भएका मियाँ केही दिन अघि मात्र एमाले प्रवेश गरेका थिए ।

यसैगरी प्रदेश सभातर्फ ४(क) मा एमालेका देवनारायण चौधरी र ४(ख) मा जनता समाजवादी पार्टीका आत्माराम साहले मनोनयन दर्ता गराएका छन् । एमाले र जसपाबीच बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा, ४(क) एमाले र ४(ख) जसपाले लिने सहमती भएअनुसार नै मनोनय दर्ता भएको छ ।

यता सत्ता गठबन्धनबीच प्रतिनिधिसभा सदस्य एकिकृत समाजवादी, प्रदेशसभा सदस्यतर्फ ४(क) माओवादी केन्द्र र ४(ख) लोसपाले लिने सहमती भएको कारण बारा ४ मा नेपाली कांग्रेस उम्मेदवार विहिन बनेको छ ।

गठबन्धनका कारण दलबाट उम्मेदवारी दिन नपाएपछि नेपाली काँग्रेसका नेता इच्छाबहादुर बाग्लेले प्रतिनिधिसभा तर्फ र काँग्रेस नेतृ निरु रायमाझीले प्रदेशसभा तर्फ स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी अन्य विभिन्न साना दलहरु र केही स्वतन्त्रबाट प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।