नेकपा माओवादी केन्द्र गठबन्धनलाई जिताउन प्रतिबद्ध छ–मुकेश साह

गढीमाईखवर डट कम
107 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कलैया उपमहानगर कमिटीका अध्यक्ष हुन् ।

गठबन्धन नभएको भए उनी नै केन्द्रको तर्पmबाट नगर प्रमुखका उम्मेदवार हुने थिए ।

पाँच वर्ष अघि पनि उनी केन्द्रबाट कलैया उपमहानगरको प्रमुखको रुपमा निर्वाचनमा सहभागि रहेका थिए ।

राम्रो मत प्राप्त गरेका उनी अहिले गठबन्धनको उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छन् । नेकपा माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई जिताउन प्रतिबद्ध रहेको उनले बताएका छन् ।

यस्तो बताउने उनीयूवा नेता मुकेश साहहुन् । उनलाई अहिले गठबन्धनका उम्मेदवार जिताउने मात्र ध्येय रहेको छ ।

अहिले उनी दिन रात प्रचार प्रसारमा लागेका छन् । गठबन्धनको उम्मेदवारलाई जिताउन उनले दिन रात एक नभनी लागि परेका हुन् ।

कहिले उनी घर दैलोमा छन् । कहिले कोणसभामा छन् । गठबन्धनबाट कलैया उपमहानगरपालिकाको प्रमुखमा लडेका राजेश राय यादव र उपप्रमुखमा लडेका प्रमोद गुप्ताको विजय उनी सुनिश्चित ठान्छन् ।

यसैगरी उपमहानगरपालिकाको प्रायः धेरै वडामा गठबन्धनमा रहेकादलका वडा अध्यक्षका उम्मेदवार र वडा सदस्यका उम्मेदवार जित्नेमा उनी ढुक्कछन् ।

लोकतन्त्रलाई बचाउन गठबन्धन भएको उनी बताउँछन् । ओलीतन्त्र र ओली मनोवृतिको पराजय आवश्यक रहेको उनले बताए । मुलुकको प्रगतिको लागि पनि कलैयाको विकासको लागि भए पनि गठबन्धन जित्नुपर्ने उनको तर्क छ ।

साझा गर्नुहोस्