काँग्रेसलाई जिताउन – मेयर पदका उम्मेदवार यादवको आग्रह

गढीमाईखवर डट कम
106 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिकेन्द्र पासवान/
नेपाली काँग्रेसका बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर पदका उम्मेदवार बिजयशंकर यादवले नेपाली काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहपुर, गंगानगरमा घरदैलो पछि चुनावी सभालाई आईतवार सम्बोधन गर्दै मेयरका उम्मेदवार यादवले नेपाली काँग्रेस पार्टीले नै तराई मधेसको समस्या समाधान गर्नका लागि अग्रसर भई अगाडी बढेको बताए ।

मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेस पार्टीले खेलेको भुमिकालाई स्मरण गराउदै मेयर पदका उम्मेदवार यादवल दतचित भई काँग्रेसको पक्षमा महौल बनाउनका लागि सबैलाई आग्रह गरेका थिए ।

लोकतन्त्रलाई मजबुत गर्न, बिधीको शासन कायम गराउन,भष्टाचारलाई नियन्त्रण गर्नका लागि नेपाली काँग्रेस लागी परेको बताउदै नगरमा सुलभ शिक्षा, स्वच्छ खानेपानीको व्यवस्था, बाटोघाटो, स्मार्ट सिटी खेलकुट मैदान, ठाँउ ठाँउमा पार्क, पुल पुलेसा, मठ मस्जिद, निर्माण, हरिया भरिया नगर बनाउनका लागि बृहत योजना सहित वृक्षारोपन लगायतका काममा अग्रसर भई अगाडी बढने प्रतिवद्धता ब्यतm गरेका थिए ।

चुनावी सभामा नेपाली काँग्रैस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, सदस्य उपेन्द्र जयसवाल, नेपाली काँग्रेसका जिल्ला सहसचिव कृष्णदेव जयसवाल, महासमिति सदस्य रामनरेश कान्त, निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति मोहन कुसवाहा, सिम्रौनगढ नेपाली काँग्रेसका नगर सभापति नागेन्द्र साह, नेताहरु माहेन कुसवाहा, जयन्त कुसवाहाका हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्