कलैया : आशा लघुवित्त वित्तीय संस्था लिमिटेड सिम्रौनगढ शाखाले वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सोमबार आयोजना गरेको छ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्यमा सो गोष्ठी गरिएको हो।
वित्तीय साक्षरता आजको युगको आवश्यकता रहेको कलवारले जनाए। तालिमबाट लाभ लिएर यसलाई जीवनमा प्रयोग गर्न उनले आग्रह गरे।
उक्त अवसरमा केन्द्रलाई राम्रो गरी सञ्चालन गरेकोमा चार जना केन्द्र प्रमुखलाई पुरष्कृत गरिएको छ।
प्रथम स्थान हासिल गर्ने मुन्नि खातुन,दोस्रो स्थान हासिल गर्ने मञ्जु देवी,तेस्रो स्थान हासिल गर्ने मान्ति देवी,चौथो स्थान हासिल गर्ने सुमिन्त्रा देवी र पाचौं स्थान हासिल गर्ने प्रभा देवी यादवलाई पुरष्कृत गरिएको हो। उत्कृष्ट बचतकर्ताको रुपमा सविता देवीलाई पुरष्कृत गरिएको हो।
सुमिन्त्रा देवीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। सो कार्यक्रममा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ईसलाम अन्सारी,ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अर्जुनसिंह ठगुन्ना,केन्द्रिय कार्यालयबाट आएका अनुगमन अधिकृत चौधरी चरण यादव,शाखा प्रमुख प्रभुकुमार यादव लगायतको सहभागिता रहेको थियो।









