नेकपा एमालेबाट जीतपुरसिमरामा चौधरी र अधिकारीको मनोनय दर्ता

गढीमाईखवर डट कम
34 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराकै जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा सरस्वती देवी चौधरीले र उपप्रमुख पदमा भोलाप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

सोमवार दुवैजनाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

प्रमुख पदकी उम्मेदवार चौधरीको चन्द्रलाल पौडेल प्रस्तावक र अनिल मैनाली समर्थक रहेका छन्।

यस्तै उपप्रमुख प्रमुख पदका उम्मेदवार अधिकारीको चुडामणि गौतम प्रस्तावक र समिर लुइटेल सर्मथक रहेका छन्।

प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी हुन ।

साझा गर्नुहोस्