कलैया : प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज स्थित सडक खण्डमा मंगलबार एक ट्रकबाट करोडौको भन्सार छलीका माल सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलिले बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ८ ख ७२४२ नम्बरको ट्रकबाट एक करोड २५ लाख २४ हजार १० रूपैयाँ बराबरको माल सामान बरामद गरेको हो।
बरामद गरिएको माल सामानमा कस्मेटिक, कोकोनट, आल्मोन्ड (बदाम), कपडा, सर्जिकल सामानहरु तथा ईलेक्ट्रिक सामान, मोबाईलका पाटपुर्जा तथा औषधी जन्य सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बरामद भएको माल सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ।









