देउरियाको खेतबाटै ५४ किलो चरेस बरामद

गढिमाइ खबर
109 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज : पर्सा प्रहरीले खेतबाटै प्रतिबन्धित लागु औषध चरेश ५४ किलो बरामद गरेको छ। प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया क्षेत्रबाट सो चरेश बरामद गरेको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला पारेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर तौल गर्दा ५४ किलो ४०० ग्राम चरेस थियो। बरामद चरेस सम्बन्धी पर्सा प्रहरीले अनुसन्धान गरिरहेकोे छ।

धान खेतमा चरेस कसले राख्यो भन्नेबारेमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

साझा गर्नुहोस्