वीरगञ्जमा सत्ता गठबन्धनको तर्फबाट मेयरमा सिंह र उपमेयरमा आलमको उम्मेदवारी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 249
पढ्न लाग्ने समय : 1 मि.

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकोतर्फबाट जनता समाजबादी पार्टीका नेता राजेशमान सिँहले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै उपमेयरमा गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका ईम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन ।

सोमबार निर्बाचन अधिकृतको कार्यालयमा पुगेर दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

सत्ता गठबन्ध पाँच दलले गरेको सहमति अनुसार वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजबादी पार्टी र उपमेयर नेपाली काँग्रेसले पाएको छ ।

मेयरमा उम्मेदवार बनेका सिँह लोकतान्त्रिक समाजबादी पार्टी छाडेर जसपामा आएका हुन ।आलम नेपाली काँग्रेस पर्साका सचिव हुन ।

यता महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट महानगरका निवर्तमान मेयर विजय सरावगीले उम्मेदबारी दर्ता गराएका छन् ।

उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेद्बारी दिएका छन् । एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन ।

गठबन्धनको तर्फबाट मेयरमा निवर्तमान मेयर सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष झाले उम्मेद्बारी दर्ता गराएका छन्।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।