चितवनलाई पन्छाउदै बाग्मती क्वार्टरफाइनलमा

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 3 मिनेट

रञ्जन यादब/
बिएफसी चितवनलाई पन्छाउदै बाग्मती युवा क्लब सर्लाही जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनलाई २/१ पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको छ ।

चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लि» राई र प्रदीप लम्सालले गोल गरे । बाग्मतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक भिडन्तमा खेलको १५औं मिनेटमा चितवनले खेलमा अग्रता लिएको थियो । रोशन क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।

चितवनले लिएको अग्रता बराबरीमा ल्याउने क्रममा बाग्मतीका दिनेश चाम्लि» राईले खेलको २३औं मिनेटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोलरक्षक मनोज गुरु»ले ठम्याउन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।

चितवनविरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाएपनि फिनिसि»मा चुकेको चितवनले बाग्मतीलाई दवावमा राख्यो ।

खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१औं मिनेटमा बिजयी गोल गरेको थियो ।

बाग्मतीका प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

अन्तिम समयमा अग्रता लिएपछि उत्साहित बाग्मतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक खेलमा बाग्मतीविरुद्ध पराजय भएको चितवन भने प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लि» राई घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगदले पुरस्कृत गरिनेछ । प्रतियोगिताको उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *