तस्करलेनै थर्काउछन स्थानीयलाई ,प्रहरीको मिलोमतोमा वालुवा तस्करी

गढीमाईखवर डट कम
70 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

लामो समय सम्म जीतपुर सिमरा उपमहानगरपालिकाको बेवास्ता र सेटिङका कारण बन्द बालगंगा,दुधौरा र पसाहा खेलाबाट बालुवा तस्करी गर्नेहरूले नै थर्काउने गरेको स्थानीयहरूले बताएका छन ।

केहि समय अघि दिन दाहडै वालुवा तस्करी गरिरहेको भिडियो खिचेका पत्रकारलाई समेत भिडियो डिलिट गर्न थर्काएका तस्करहरूले सर्वसाधारणलाई थर्काउनु सामान्य हो ।

स्थानीय सरकार(वडा अध्यक्ष)लाई बास्ता छैन ।

घासपात र मेलोपातो जाने बाटो तस्करले रातभरि बालुवा,गिट्टी तस्करी गर्छन् हामीलाई बाटो हिडन समेत मुस्किल परो के गर्नु ।

झन पानी परेको बेलामा त हिडनै सकिदैन हातखुट्टा भाचिने डर ।

आफैहरूले श्रमदान गरेर वनाएको र विगटी उठाएर ग्रेभल गरेको बाटो आफै ज्यान जोगाउन मुस्किल कसले सुनिदेला हाम्रो बेदना स्थानिय विष्णुप्रसाद उप्रेतीले दुखेसो गर्नुभयो ।

प्रहरीलाई खवर गर्याे प्रहरी आफै यो नम्बरबाट फोन आछ भनेर उल्टै खवर गर्छन के गर्नु हामीत रातभरि सुत्नपनि पाईदैन स्थानीय अभिषेक अधिकारीले गुनासो गरे ।

ल्याडलाईनमा फोन गर्याे प्रहरी आफै तपाईको नम्बर कति हो भनेर सोध्छन कारण तस्करलाई यो नम्बरबाट फोन आयो हामीलाई माथिको दवाव छ हामी आउदा तपाईहरू भाग्नुस भन्छन । पत्रकार पनि मिलेका छन की क्या हो ।?

यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल संगको जिज्ञासामा उहाँ भन्नुहुन्छ हाम्रो पनि चाहना चोरी तस्करी रोक्नेनै हो तर के गर्नु उपमहानगरपालिकाले सहकार्य गर्दैनन हाम्रो प्रयासले मात्रै पनि सम्भव छैन तर पनि हामी हाम्रो संयन्त्र प्रयोग गरेर नियन्त्रणको प्रयासमा छौ ।

साझा गर्नुहोस्