विश्रामपुरमा गुन्डागर्दि शैलीमा जग्गा कब्जा गरी घर निर्माण गरेको पिडितको गुनासो

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 640
पढ्न लाग्ने समय : 2 मि.

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा खेखरिया टोलका स्थानीय कृष्णप्रसाद यादवले सो ठाउ बस्ने केश्वर प्रसाद यादवको गुण्डागर्दी शैलीमा जग्गा कब्जा गरी घर निर्माण गर्दै आएको पिडित केश्वरले बताएका छन ।

बारा जिल्ला अदालतले २०७७ साल माघ ९ गते भएको निर्णयमा प्रष्ट रुपमा उक्त जग्गामा कुनै किसिमको थप निर्माण कार्य रोक्का राख्ने निर्णय गरिएको भए तापनि घर निर्माण कार्य नरोकिएको पिडित केश्वरले बताए । अहिले पनि निर्माण कार्य अन्तर्गत टाईबिम्ब ढाल्ने काम भैरहेको पाइएको थियो ।

बारा जिल्ला अदालतबाट २ पटकसम्म रोक्काको आदेश हुँदा समेत अदालतको आदेशलाई अवहेलना गर्दै जबरजस्ती निर्माण कार्य गरिरहेको उनले गुनासो गरे । निज केश्वर प्रसाद यादवको ४ धुर साढे ३ कनवा जग्गा कब्जा गरी उक्त निर्माण कार्य गरिरहेका छन । निज आफ्नो श्रीमतीसँग मात्र बस्दै आएका हुनाले उनको घरमा कोहि पनि बोल्ने नरहेको हुनाले तथा नीजका छोराहरू काममा बाहिर रहेका हुनाले पनि उनीहरू कसैको डर नमानी गुन्डागर्दी गर्दै निर्माण कार्य गरिरहेको केश्वरले जनाए ।

कृष्ण प्रसाद यादवका तर्फबाट संतोष प्रसाद यादव, रुपेश प्रसाद यादव, मंगल प्रसाद यादव ,भुषण प्रसाद यादव,राजा बाबु प्रसाद यादव,राजदेव प्रसाद यादव,अमिरिका प्रसाद यादव लगायत सबैजना मिलेर गाली गलौज गर्दै जबरजस्ती निर्माण कार्य गरिरहेका छन । आफू बोल्दा आफूलाई ज्यान मार्ने धम्की समेत दिरहेका पिडित केश्वर प्रसाद यादवले आरोप लगाए ।

यता जवरजस्ती घर निर्माण गर्ने विषयमा कृष्ण प्रसाद यादवसंग प्रतिक्रिया लिन प्रयास गरेपनि रिपोटिङमा गएका पत्रकारलाई समेत गाली गलौज गर्दै ज्यान मार्ने धम्की समेत दिएका छन । उनले पत्रकारको मोवाईल समेत खेसेर फुटाईदिएको पिडित पत्रकारले जानकारी गराए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।