रञ्जन यादव/
महिला तथा बालबालिका सेवा केन्द्र बारा ,कलैयाले बारा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको बिदाई र प्रहरी प्रबक्ताको रुपमा आएका प्रहरी नायब उपरिक्षक राजेश थापाको स्वागत गरेको छ ।
बारा प्रहरी प्रमुुखको रुपमा प्रहरी उपरिक्षक शाहीले गरेका कार्यहरुको सहभागिहरुले मुुक्त कण्ठले प्रशंसा गरेका थिए ।
उनीहरुले शाही बारा जिल्लामा शान्ति,सुुरक्षा र अमन चयन कायम गर्नमा उल्लेखनीय गरेको नेपाली काँग्रेसका नेता तथा समाजसेवी लोकेश सिँहले प्रशंसा गरेका थिए ।
कार्यक्रममा महिला नेतृ निभा सिंह, बबिता जैसवाल, मञ्जुु सुुबेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी उपरिक्षक शाहीलाई गढीमाई मन्दिरको चिन्ह अंकित मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै एक कार्यक्रमकावीच प्रसौनी गाउँपालिकाले प्रहरी उपरिक्षक शाही र सशस्त्र प्रहरी कार्यालय बाराका प्रमुुख रबिनराज कर्णजितको पनि बिदाई गरेको छ ।
यस्तै प्रसौनी गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुुप्ता र उपाध्यक्ष गिता साहले नेपालको नक्सा अंकित मायाको चिनो प्रदान गर्नुुभएको थियो ।
कार्याक्रममा गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृत सुुनिल प्रसाद केशरी ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य, वडा सदस्यहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रहरी उपरिक्षक शाहीको बाराबाट नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलान्चोकमा सरुवा भएको छ ।
उनको ठाउँमा बारा प्रहरीको रुपमा प्रहरी उपरिक्षक दिलिप सिँह देउवा नेपाल प्रहरी बिशेष सुुरक्षा गण महेन्द्रनगर कंचनपुुरबाट आउने भएका छन ।









